नेपालले प्रदेश धान्न सक्दैन, खारेज गर्नुपर्छः अध्यक्ष केसी

सेयर गर्नुहोस्

३ पौष, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । मंगलवार बुटवलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । उनले संघीय प्रणाली असाध्यै खर्चिलो भएको र संघीय प्रणाली बोक्नुमा नेताहरुमात्रै नभइ नेपाली जनता पनि उत्तिकै दोषी रहेको बताए । उनले संघीयताका कारणले ८८४ जना सांसद र १३८ जना मन्त्रीहरु पाल्नुपरेको बताए ।

उनले सरकारले सेना, प्रहरीको तलव र वृद्धभत्ता दिन नसक्ने भनिरहेको बेलामा यति धेरै सांसद र मन्त्रीहरुलाई कसरी पाल्न सक्नछ श्र भन्दै प्रश्न गरे । उनले संघीयता काम नलाग्ने रहेछ भन्नेकुरा सबैले अहिले महशुस गर्न थालेको स्पष्ट पारे। उनले प्रदेश खारेज गरी प्रदेशमा हुने खर्च नगरपालिका र गाउँपालिकामा पठाउनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *