सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रणमा लिन चाहेको छैन : योगेश भट्टराई

सेयर गर्नुहोस्

३ पौष, काठमाडौँं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सचिव एवं सांसद योगेशकुमार भट्टराईले सरकारले बिखण्डनकारी गतिविधिलाई नियन्त्रण गर्न नचाहेको बताएका छन् । कोशी प्रदेशमा पहिचानवादीको नाममा मुलुकका बिखण्डनकारी गतिविधि गर्न लागेकाहरुलाई नियन्त्रण गर्नुको साटो वर्तमान सरकार कानमा तेल हालेर बसेको भट्टराईको भनाई छ । मंगलवार सञ्चारकर्मीहरु संग कुरा गर्दै सचिव भट्टराईले मुलुकमा देखिएको बिखण्डनकारी गतिविधिलाई तत्काल नियन्त्रणमा लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई सचेत गराएका छन् ।

उनले कोशी प्रदेशतर्फ संकेत गर्दै एमालेले पहिचानको नाममा बिखण्डनकारी गतिविधि गर्नेहरुको प्रतिरोध गर्ने बताए । कोशी प्रदेशको नाम बदल्नुपर्छ भन्नेहरुलाई आफूहरुले सकारात्मक रुपमा लिएको र सोहीअनुसार संवाद गर्ने सचिव भट्टराईको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *