वर्तमान सरकार सम्पूर्ण रुपमा असफल भयोः विष्णु पौडेल

सेयर गर्नुहोस्

३ पौष, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका नेताहरुले नै वर्तमान सरकार असफल भएको प्रतिक्रिया दिएको दाबी समेत गरे । मंगलवार सञ्चारकर्मीहरु संग संक्षिप्त प्रतिक्रिया दिँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका भएका उपाध्यक्ष पौडेलले काँग्रेस महामन्त्री गगन थापाको अभिव्यक्तिप्रति संकेत गर्दै सरकार असफल भयो भनेपछि बोक्ने किन रु भनि प्रश्न पनि गरेका छन् ।

उनले वर्तमान सरकारलाई खिँचडीको संज्ञा दिँदै यो सरकार मुलुकमा रहेसम्म देशले दुःख मात्रै पाउने जिकिर गरे । वर्तमान सरकारसँग देश बनाउने कुनै नीति, विचार, विश्लेषण, गन्तव्य नभएको उपाध्यक्ष पौडेलको भनाई थियो । उनले वर्तमान सरकारलाई राख्ने नेपाली जनताको चाहना नभएको पनि समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *