जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलन गर्छौंः अध्यक्ष लिङदेन

सेयर गर्नुहोस्

३ पौष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलनलाई अघि बढाउने प्रतिवद्धता जनाएका छन् । मंगलवार आईतवारदेखि बसेको पार्टीको केन्द्रिय समितिको बैठकपछि निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए। उनले तत्काल प्रदेशमा रहेका सदस्यहरु फिर्ता लिने कुनै निर्णय नगरेको स्पष्ट पार्दै आन्दोलन अघि बढ्दै गयो र जनताको चाहना भयो भने राप्रपा प्रदेशमा मात्र नभइ प्रतिनिधि सभाबाट पनि फिर्ता भएर आन्दोलनलाई अझ सशक्त बनाएर अघि जाने बताए ।

उनले समान विचारधारा राख्ने पार्टी, व्यक्ति, संघ संस्थालाई सहकार्यको लागि आह्वान समेत गरे । समान धारा भएकाहरु मिलेर जानुको विकल्प नरहेको भन्दै अध्यक्ष लिङदेनले एकले अर्काको खुट्टा तान्ने काम बन्द गर्न आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *