जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्छः मन्त्री यादव

सेयर गर्नुहोस्

५ पौष, काठमाडौं । खानेपानी तथा सरसफाईमन्त्री महिन्द्र राय यादवले जनसंख्याको आधारमा स्थानीय तहमा बजेट विनियोजन हुनुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा नेपाल नगरपालिका संघको आयोजनामा भएको राष्ट्रिय शहरी सरसफाई सम्मेलन, २०२३ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले स्थानीय तहमा विकासको बजेट समुचित विनियोजन हुनुपर्ने बताए । उनले सरकार कसरी स्थानीय तहलाई प्रभावकारी बनाउन सकिन्छ रु भन्नेकुरामा काम गरिरहेको उल्लेख गरे । सबै क्षेत्रको विकास जनसंख्या र भुगोलका आधारमा हुनुपर्ने बताए । उनले देशको मानव सूचकांकको आधारमा विकासको बजेट छुट्याउनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए । उनले संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने बताए । कार्यक्रममा बोल्दै नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगानाले संघ, प्रदेश र स्थानीय तह नमिलिकन कुनैपनि विकास निर्माणका काम सम्पन्न हुन नसक्ने बताए । उनले संघ सरकारले स्थानीय तहलाई दिनुपर्ने अधिकार चाँडो भन्दा चाँडो दिनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *