आगामी आर्थिक वर्षको योजना तर्जुमा गर्ने तयारीमा नार्क

सेयर गर्नुहोस्

१० पौष, काठमाडौं ।  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले आर्थिक वर्ष २०८१/८२ को लागि योजना तर्जुमाका विभिन्न कार्यक्रमहरु प्रस्तुत गरेको छ । नार्कले प्रत्येक वर्ष अनुसन्धानका सवाल पहिचान गर्ने र पहिचान भएका सवाल प्राथमिकीकरण गर्ने र परियोजना निर्माण गर्ने गर्दै आएको छ । आगामी आर्थिक वर्षका लागि नार्कले गाउँस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, प्रदेशस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, राष्ट्रियस्तरीय कृषि प्राविधिक कार्य समूह बैठक, विभिन्न विषय वा समूहका कार्य समूह बैठक, परियोजना लेखन, अनलाइन समीक्षा, परियोजना समीक्षा गोष्ठी, समग्र बजेट कार्यक्रम प्रस्तुति र राइटशपलगायत विभिन्न कार्यक्रम तय गरेको हो । बिभिन्न किसिमका परियोजना आन्तरिक र बाह्य विज्ञबाट समीक्षा गरिने भएकाले योजना तर्जुमाका कार्यक्रमहरु छिटो सञ्चालन गरेको राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रले जनाएको छ । । 

राष्ट्रिय कृषि नीति, कृषि विकास रणनितिलगायत कृषिका विभिन्न नीतिलाई ध्यानमा राखी नार्कमा परियोजना निर्माण गरी अनुसन्धान गरिँदै आएको छ । सोहीअनुरुप नार्कले आगामी वर्षको कार्यक्रम तय गर्दै गर्दा अल्पकालीन र दीर्घकालीन लक्ष्य पनि तय गर्नुपर्ने आवश्यक रहेको र प्रत्येक वर्षका बजेट कार्यक्रमहरुले अल्पकालीन र दीर्घकालीन लक्ष्यहरु प्राप्त गर्न योगदान गर्नुपर्ने राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *