शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरु सकारात्मकः सचेतक बर्तौला

सेयर गर्नुहोस्

१० पौष, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश कुमार बर्तौलाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरु सकारात्मक देखिएको बताएका छन् । सरकार पीडित केन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएकाले शिर्ष नेताहरुबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भएको र पीडितमैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताए । उनले भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने सहमति शिर्ष नेताहरुमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रश्तुत हुने बताए । उनले सरकार पीडितमैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रश्तुत गर्ने सहमति करिव करिव जुटेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *