पाकिस्तानमा घरमा आगलागी हुँदा ९ जनाको मृत्यु

सेयर गर्नुहोस्

१० पौष । उत्तरपश्चिम पाकिस्तानमा घरमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा एक घरमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यो घटना एबोटाबाद जिल्लामा भएको हो । जहाँ घरमा आगलागी भएपछि परिवारका नौ सदस्यहरुको मृत्यु भएको हो । सर्ट सर्किटका कारण आगलागी भएको र त्यहाँका बासिन्दाले नियन्त्रण गर्न नपाउँदै घरभरि नै आगो लागेको प्रहरीले जनाएको छ । शव पहिचानका लागि नजिकैको अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *