अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा हुँदैनः प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

११ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने बताएका छन् । मंगलवार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने बताएका हुन् । उनले संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्ने बताए । अब मेरिटोक्रेसी शुरु हुने र त्यसको प्रस्थान बिन्दु त्रिभुवन विश्वविद्यालय हुने उनले बताए ।

प्रधानमन्त्री दाहालले शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहुआयामिक कदम चाल्ने बताए । उनले विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउनु नहुने भन्दै यसको निम्ति सरोकारवाला सबैको साथ चाहेको बताए । यसै वर्षदेखि शिक्षक, विद्यार्थी अनुपातमा पनि सुधार गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *