सरकारको काममा मेरो हुटहुटी अनुसारको परिणाम आएको छैनः प्रधानमन्त्री दाहाल

सेयर गर्नुहोस्

११ पौष, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताएका छन् । मंगलवार सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको बताएका हुन् । उनले सरकार असफल भने नभएको बताउदै अबका दिनमा सरकारको कार्यशैली बदलिने बताएका छन् ।

उनले आगामी दिनमा आफु पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनैपनि बाहिरि कार्यक्रममा नजाने बताए । उनले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताए । प्रधानन्त्री दाहालले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *