हिमालको संरक्षणमा जोड दिनुपर्छः काँग्रेस नेता पौडेल

सेयर गर्नुहोस्

११ पौष, काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद प्रदीप पौडेलले हिमालको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् । भारतको नागपुरमा हालै सम्पन्न ध्यान शिविरमा सहभागी भएका उनले नेपालको सभ्यताको शिर नै हिमाल भएकाले यसको संरक्षणमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याए । प्रवचनको क्रममा शिव कृपानन्द स्वामीले नेपालको हिमाल, प्राकृतिक क्षेत्र, पशुपतिनाथ सबैको चित्रण गर्दा आफूलाई आनन्दको अनभुति भएको बताए ।

नेता पौडेलले ध्यान शिविरको समयमा नेपालको हिमालको महत्वलाई आध्यात्मिक पक्षसँग जोडेर पनि मान्छेको क्षमता अभिवृद्धि गर्ने वातावरण निर्माण गर्ने परिस्थिति बन्दो रहेछ भन्ने ज्ञान पाएको बताए । गत पुस ३ गतेबाट शुरु भएको सो शिविर १० गते समापन भएको थियो । शिविरमा ७० राष्ट्रका करिव ६ लाख ५० हजार साधकहरुको सहभागिता भएको हिमालय ध्यान समर्पण योग केन्द्रका डाइरेक्टर अम्ब्रिस मोडकले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *