चिसोको कारण जाजरकोटमा पालमुनि बसिरहेकी सुत्केरीको मृत्यु

सेयर गर्नुहोस्

११ पौष, जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका –९ घर्ती गाउँकी २४ वर्षीया कल्पना नेपालीको त्रिपालभित्रै मृत्यु भएको छ ।  २४ दिनअघि जुम्ल्याहा छोरा जन्माएकी नेपाली त्रिपालभित्र मृत भेटिएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिए ।  मंसिर १७ गते दुई छोरा जन्माएकी नेपालीको मृत्युको खबर पाए लगत्तै प्रहरी घटनास्थलतर्फ हिँडेको छ  । अध्यक्ष बस्नेतका अनुसार सुत्केरीको चिसोका कारण ज्यान गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *