प्रधानमन्त्रीको दाबी : गठबन्धन झनै बलियो भएको छ

सेयर गर्नुहोस्

११ पुस, गोरखा । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको दाबी गरेका छन् । गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि बताए । ‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ’ उनले भने, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।

गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन’, प्रचण्डले भने । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एक वर्षमै केही रेकर्डहरु बन्नेगरी काम गरेको बताए । तर व्यवस्था विरोधीहरुले सरकारले गरेको काम मन नपाएको प्रधानमन्त्री प्रचण्डले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *