बालकुमारी घटनामा म र मेरो मन्त्रालयको कुनै सम्बन्ध छैनः मन्त्री ज्वाला

सेयर गर्नुहोस्

१३ पौष, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सरोकार सम्बन्ध नरहेको बताएका छन् । शुक्रवार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली ९इपीएस० परीक्षा दिन नपाएपछि युवाहरुले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको छ । प्रदर्शनमा उत्रिएका युवाले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए । भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए ।

लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । मन्त्री ज्वाला भने आफू पार्टीको केन्द्रिय कमिटी बैठकमा आएको र आफूलाई छोडेर गाडी फर्किएपछि बाटोमा जलाइएको मात्रै जानकारी रहेको बताएका छन् । पार्टीको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग बालकुमारी घटनाबारे जानकारी दिँदै उनले बालकुमारी क्षेत्रमा भएको घटनाबारे दुःख व्यक्त गर्दै घटनाका सम्बन्धमा आफूलाई जानकारी नरहेको बताए । उनले घटनासँग आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार नरहेको बताए । गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको पनि उनको भनाइ छ । मन्त्री ज्वालाले गाडीमा आगजानी भएको बाहेक अन्य घटनामा आफू जानकार नरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *