गृहमन्त्रीको राजीनामा माग्दै माइतीघरमा प्रदर्शन, ७ जना पक्राउ

सेयर गर्नुहोस्

१४ पुस, काठमाडौं । काठमाडौंको माइतीघरमा केहि युवाहरुले प्रदर्शन गरेका छन् । ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार माइतीघर मण्डलामा उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेका थिए । 

रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दुई जनाको मृत्यु भएको थियो । गृह प्रशासन र गृहमन्त्रीको विरोध गर्दै युवाहरुको समूहले शनिबार निषेधित क्षेत्र माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेको हो ।  विरोध प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघरमा ‘युवा विद्रोह’ नाम दिएर केही अभियन्ताहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी हेम थापा, शोम शर्मा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *