बालकुमारी घटनामा मारिएका युवकका परिवारलाई जनही १०र१० लाख दिने सरकारको निर्णय

सेयर गर्नुहोस्

१४ पौष,काठमाडौं । सरकारले बालकुमारी घटनामा मारिएका २ युवकको परिवारलाई जनही १० /१० लाख राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकका परिवारलाई राहतस्वरुप १० लाख दिने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् । उनले भनिन्, ‘मृतकका परिवारलाई प्रति परिवार १० लाख उपलब्ध गराउने र उक्त घटनामा घाइतेहरुको उपचारमा लागेको खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । ‘शुक्रबार बिहान ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा २ जना युवकको मृत्यु भएको थियो । बालकुमारी घटनाबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्क आकस्मिक बैठक बोलाएका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढ्ने सरकारी गाडी जलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *