जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६४ पुग्यो

सेयर गर्नुहोस्

१८ पौष । जापानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६४ पुगेको छ । जापानको इशिकावा प्रान्तमा सोमवार बिहान गएको ७।६ रेक्टर स्केलको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । इशिकावामा बुधवार दिउँसोसम्म मृत्यु हुनेको संख्या ६४ पुगेको हो ।

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै घाइते भएको बताइएको छ । जापानको मौसम विज्ञान एजेन्सीले हप्तामा विशेष गरी आगामी दुईदेखि तीन दिनमा शक्तिशाली परकम्पहरू आउनसक्ने चेतावनी दिएको छ । सोमवारदेखि जापानमा कम्तिमा १ सय ५५ पराकम्प गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *