पूर्वराजा ज्ञानेन्द्र भेट्न भैरहवामा पुगे राप्रपाका शीर्ष नेताहरु

सेयर गर्नुहोस्

१८ पुस, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र भेट्न राप्रपाका शीर्ष नेताहरु भैरहवामा भेट गरेका छन् । भैरहवा पुगेर राप्रपाका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । उनीहरुले शाहलाई पछिल्लो राजनीतिक घटनाबारे जानकार गिराएका छन् । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु भैरहवा पुगेका हुन् । 

बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *