सन्दीपलाई अदालतले सजाय तोकेपछि मात्रै क्यानले बोल्छ : पारस खड्का

सेयर गर्नुहोस्

१९ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेबारे २५ पुसपछि अदालतले सजाय निर्धारण गरेपछी मात्र सस्थाको तर्फबाट आधिकारीक धारणा सार्वजनिक गर्ने भएको छ । बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न २५ पुसमा पेशी तोकिएको छ ।

क्यानका सचिव पारस खड्काले सन्दीपबारे त्यसपछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् । उनका अनुसार सन्दीपका वकिल र त्रिकेट संघका कानुन सल्लाहकारसँग कुराकानी भएको थियो । उनले अघि भने, ‘२५ पुसमा के फैसला हुन्छ, त्यसपछि हामी बोल्छौं । जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउन २५ पुसमा पेसी तोकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *