संसदीय क्यालेन्डर बनाउने गृहकार्य गर्दै सभामुख

सेयर गर्नुहोस्

१९ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्यालेन्डर बनाउने गृहकार्य अघि बढाएका छन् । प्रारम्भिक क्यालेन्डर बनाएरै सभामुख घिमिरेले बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए ।

बिहीबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग छलफल गरेका छन् । हप्तामा तीन दिन हाउस र तीन दिन संसदीय समिति चलाउने लगायतका प्रस्ताव गरिएको छ । बढीमा एक महिनाको क्यालेन्डर बनाउने र त्यसपछि आवश्यकता अनुसार परिमार्जन गरेर जान सकिने गरि संसदीय क्यालेण्डर बनाउने गरि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ । शुन्य समय, विशेष समयलाई व्यवस्थित गर्नेदेखि विधेयकमाथिको छलफलको विषयलाई पनि क्यालेण्डरमै राख्ने तयारी छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *