दुतावासले सिधै २० करोड वितरण गर्नेकुरा खेदजनक छ, स्वीकार्य हुँदैनः ईश्वर पोखरेल

सेयर गर्नुहोस्

२३ पौष,काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले गरेको भारतीय राजदुतावासले सिधै २० करोड रुपैयाँ पैसा खर्च गर्न पाउने सहमतिको बिरोध गरेका छन् । आईतवार काठमाडौंमा राष्ट्रिय अपाङ्गता संगठन नेपालद्वारा आयोजित सेतो छडी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउदै उनले कुनैपनि देशले बजेटअन्तर्गत नभइ सिधा जनतामा वितरण गर्नेकुरा आफ्ना मान्छे बनाउने षड्यन्त्रपूर्ण योजना भएको जिकिर समेत गरे ।

उनले सरकारले गरेको सो सहमति र सम्झौताको विपक्षमा नेकपा एमाले रहेको बताएका छन्। उनले यो सहमति राष्ट्रिय हित विपरित रहेको दाबी गरे । उनले सिधा दुतावासले वितरण गर्नेकुरा खेदजनक रहेकाले नेकपा एमालले स्वीकार गर्न नसक्ने बताए । वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिले देशको राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता कमजोर बनेको बताए । उनले सरकारले अपाङ्गतामैत्री नीति बनाउन आवश्यक रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *