सरकारले चाहे हप्ता दिनमै विमितले उपचार पाउन सक्छन्ः सांसद शर्मा

सेयर गर्नुहोस्

२३ पौष, काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. सुनिलकुमार शर्माले सरकारले चाहे एक हप्तामै सरकारी तथा निजी अस्पतालबाट स्वास्थ्य बीमा गरेका विमितले उपचार पाउनसक्ने बताएका छन् । नेपाली काँग्रेस जिल्ला कार्य समिति भोजपुरले आयोजना गरेको भेटघाट कार्यक्रममा सांसद शर्माले यस्तो बताएका हुन् । उनले राज्य जनताको स्वास्थ्य र शिक्षामा नभई कमिसन धन्दामा लागेको आरोप लगाए। उनले सरकार जनताको उपचारमा भन्दा कमिसनको खेलमा ठूलाठूला ठेक्का निकाल्ने र ठेक्का कसरी आफू निकटका ठेकेदारलाई पार्ने भन्ने धन्दामा लागेको आरोप लगाए ।

आज (सोमवार) नोबेल मेडिकल कजेज टिचिङ हस्पिटलको सहयोगमा आमचोक गाउँपालिकामा र मंगलवार हतुवगडीमा निःशुल्क स्वास्थ्य शिविर हुँदैछ । स्वास्थ्य उपचारको सहज पहुँचबाट वञ्चित नागरिकलाई सेवा दिने उद्देश्यका साथ शिविर सञ्चालन गरेको सांसद शर्माको भनाइ छ । दुई पालिकामा हुने शिविरमा हस्पिटलको विशेषज्ञ डाक्टरहरुबाट सेवा प्रदान गरिनेछ । शिविरमा जेनेरल मेडिसिन तथा मुटु रोग, प्रसुती तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नशा रोग लगायतका विभिन्न १३ वटा परीक्षणहरु हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *