एमाले सुर्खेतको अधिवेशन फागुनमा

सेयर गर्नुहोस्

२२ पौष, सुर्खेत । नेकपा एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन फागुनमा गर्ने भएको छ । सनिबार र आइतबार वीरेन्द्रनगरमा बसेको जिल्लाको बैठकले फागुन ४, ५ र ६ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।  माघभित्र सबै जिल्ला र पालिका कमिटीको अधिवेशन गरिसक्ने पार्टीको निर्णय अनुसार अधिवेशनको मिति तय गरिएको अध्यक्ष अमृत कुमार विसीले जानकारी दिए । उनका अनुसार अधिवेशनका लागि विभिन्न समिति तथा समितिका संयोजकहरु समेत तोकिएको छ ।

राजनीतिक तथा सांगठनिक प्रतिवेदन लेखमा स्वयंम अध्यक्ष विसी संयोजक छन् भने प्रतिनिधि व्यवस्थापनमा कुलमणी देवकोटा, प्रचार प्रसार उपसमितिमा गंगाराम तिमिल्सना, आर्थिक व्यवस्थापन उपसमितिमा डम्मर तिवारी र भोजन व्यवस्थापनमा पुर्णबहादुर पौडेल संयोजक छन् । सुर्खेतमा एमालेका १० हजार ५५८ जना संगठिन सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *