मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किराँत समुदायको माग

सेयर गर्नुहोस्

२४ पौष,काठमाडौं । किराँत समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै किराँत समुदायका अगुवाहरुले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् ।

किराँत समुदायका अगुवाहरुले विधेयकमाथि संशोधन राख्दै माध्यामिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा, परम्परागत शिक्षा र आदिवासी ज्ञान शिक्षाका धारमा पढाइ हुने व्यवस्था गर्नुपर्ने बताए । बैठकमा बोल्दै किराँत समुदायका अगुवा अमर तुम्वाहाङ लिम्बूले परम्परागत शिक्षा अन्तर्गत संस्कृत धारमा पढाइ हुने विद्यालयका अतिरिक्त गुरुकुल, गुम्बा, मुन्धुम÷मुन्दुम÷मुक्दुम, आश्रम तथा मदरसा शिक्षा लगायतका परम्परागत शैक्षिक संस्थामा अध्ययन हुने शिक्षालाई समावेश गर्नुपर्ने बताए । उनले शिक्षणको माध्यम भाषा मातृभाषा पनि हुनुपर्ने बताए । उनले गणित, विज्ञान र कम्युटरको शिक्षण अंग्रेजीमा पढाउने बाध्यकारी व्यवस्था गर्नु नहुने पनि बताए । मातृभाषाका लागि शिक्षक दरबन्दीको पनि व्यवस्था हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *