सभामुख घिमिरे र आयरलयाण्डको माथिल्लो सभाका अध्यक्ष बट्टिमरबीच शिष्टाचार भेट

सेयर गर्नुहोस्

२४ पौष,काठमाडौं । सभामुख देवराज घिमिरे र आयरलयाण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ । नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गरेका हुन् । भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच दुई देशको सम्बन्धका बिस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताए । उनले सभामुख घिमिरेले आफू आयरल्याण्ड भ्रमण जाँदा राखेका संसदीय अभ्याका सहयोग र आयरल्याण्डमा नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने कुराहरु उठाएको बताए ।

सभामुख घिमिरेले चीन र भारतको जस्तै नेपाली नागरिकलाई पनि बेलायको भिसा लिएको खण्डमा आयरल्याण्ड भ्रमण गर्न अनुमति दिनुपर्ने कुरामा जोड दिएका कार्यवाहक महासचिव पाण्डेयले बताए । जवाफमा अध्यक्ष बट्टिमरले आफू उठेका प्रश्नमा गम्भीर रहेको र आयरल्याण्डमा नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति दिने कुरा अघि बढाउन भ्रमणपछि स्वदेश फर्किए लगत्तै आयरल्याण्डका शिक्षामन्त्रीसँग कुरा राख्ने प्रतिवद्धता जनाउनुभएको पनि कार्यवाहक महासचिव पाण्डेले बता ।

भेटमा आयरल्याण्डको उपल्लो सदनका अध्यक्ष बट्टिमोरले नेपाल र आयरल्याण्ड दुवै देशले साझा मुद्दाहरुमा आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । अध्यक्ष बट्टिमर पाँच सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमवार बिहान नेपाल आएका हुन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत उच्च पदस्थ व्यक्तिसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *