चितवन उद्योग वाणिज्यको अध्यक्षमा श्रेष्ठ

सेयर गर्नुहोस्

२४ पौष, चितवन । चितवनका व्यवसायी तथा उद्योगीहरुको छाता संगठन उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा सुमनकुमार श्रेष्ठ विजयी भएका छन् । संघको ५७औं साधारण तथा अधिवेशनमा भएको निर्वाचनमा श्रेष्ठले १५१५ ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी सिरिष पन्तले ८४३ मत ल्याए । यस्तैं, संघको वरिष्ठ उपाध्यक्षमा चिरञ्जीवी सुवेदी १२२२ मतका साथ विजयी हुँदा अर्का उम्मेदवार राजन पिया ११११ मत ल्याएर पराजित भए ।

उपाध्यक्षहरुमा राजेन्द्र ओली, नारायण प्रधान र अशोक अधिकारी विजयी भए । महिला सदस्यमा अस्मिता रिजाल विजय भइन् । उद्योगतर्फका सदस्यमा इमान्दु बराल, उपेन्द्र पण्डित, शंकर अधिकारी, अशोककुमार श्रेष्ठ, धनप्रसाद पोखरेल, पूर्णिमा जोशी श्रेष्ठ विजयी भए । वाणिज्यतर्फ गुणराज पौडेल, दाताराम घिमिरे, दीपा शाही, श्रीकृष्ण लम्साल, सन्तोषजनक भुषाल सुनिता लिगल कर्माचार्य विजयी भए । वस्तुगततर्फ ४ जना, कर्पोरेटतर्फ २ जना, क्षेत्रियतर्फ १ जना गरेर ७ जना यसअघि नै सर्वसम्मत भैसकेका थिए । अधिवेशनमा अधिकांश उम्मेदवार संस्थापन पक्षका विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *