ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्छः उपप्रधानमन्त्री खड्का

सेयर गर्नुहोस्

२२ पौष,काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ज्योतिष विद्यालाई नयाँ प्रविधि र पद्धतिसँग आवद्ध गर्दै विश्वभर प्रचारप्रसार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलवार काठमाडौंमा आयोजित नेपाल ज्योतिष परिषद्को २६ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले ज्योतिष विद्या प्रमाणित र वैज्ञानिक विद्या भएको बताए ।

उनले ज्योतिष विद्यालाई यदाकदा हचुवाको रुपमा अभ्यास गर्ने र जीविकोपार्जनको माध्यममात्र बनाउने देखिएको भन्दै यस भन्दा माथि उठेर तथ्य र प्रमाणमा आधारित वैज्ञानिक र अनुसन्धानमुलक विद्याको रुपमा विकास गर्न आवश्यक रहेको बताए । उपप्रधानमन्त्री खड्काले नेपाल ज्योतिष परिषद्ले ज्योतिष विद्याको प्रचारप्रसारमा जोड दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *