प्रधानमन्त्रीलाई वामदेवको प्रश्नः भएको विद्युत विदेशीलाई बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?

सेयर गर्नुहोस्

२४ पौष,काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताएका छन् । मंगलवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भएको विद्युत अरु देशलाई बेचेर नेपालमा कसरी हरित अर्थतन्त्र निर्माण हुनसक्छ रु भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रश्न समेत गरेका छन्।

उनले हरित अर्थतन्त्र विद्युतले मात्रै उत्पादन गर्नसक्ने बताए । उनले हरित अर्थतन्त्रको विकास गरेको दिनबाट थप विद्युत उत्पादन गरी बिक्री गर्नुपर्ने बताए । उनले विद्युत बिक्री गरिएका सम्झौतहरु खारेज गरेर नेपालमै हरित अर्थतन्त्रको विकास गर्नुपर्ने बताए । सदस्य गौतमले सम्पूर्ण अर्थतन्त्रको आधार विद्युत बनाउनुपर्ने समेत बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *