ब्राउनसुगरसहित दुई जना पक्राउ

सेयर गर्नुहोस्

२४ पौष, पर्सा । वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने बिनोद प्रसाद गुप्ता र फिरोज चौधरी रहेका छन् । प्रहरी चौकी बसपार्क समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *