मुखमा टेप लगाएर माइतीघर पुगेका डा.केसी पक्राउ

सेयर गर्नुहोस्

२४ पौष । मुखमा टेप लगाएर माइतीघर पुगेका डा. गोविन्द केसी पक्राउन परेका छन् । पाँच बुँदे माग राखेर आन्दोलनमा उत्रेका डा. केसी निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले केसीलाई पक्राउ गरेको हो। केसीलाई सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ। यसअघि पनि केसीसहितका अभियन्ताहरु माइतीघरबाट पक्राउ परेका थिए।

उनले स्वास्थ्य र मेडिकल शिक्षामा सुधार, सबै नागरिकको स्वास्थ्य सेवा पाउने अधिकार तथा विद्यार्थीहरुको योग्यताका आधारमा निःशुल्क वा न्युनतम शुल्कमा मेडिकल शिक्षाका कोर्सहरु पढ्न पाउने अधिकार, न्याय र सुशासन, यसअघि आफुसँग भएका सम्झौताहरुको कार्यान्वयन जस्ता बिषय उठाउँदै आन्दोलन गरिरहेका छन्। मुखमा टेप बाँधेर विरोधका लागि माइतीघर पुगेका बेला उनलाई पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *