रास्वपामा केन्द्रिय सदस्य र सांसदहरुका लागि लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ

सेयर गर्नुहोस्

२५ पौष,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको उर्जा नीति कार्यदल र सार्वजनिक प्रशासन सम्बन्धी कार्यदलको म्याद थप गरेको छ । मंगलवार सिंहदरबारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकलै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ तोकेको प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।

उनले बैठकले पार्टीको केन्द्रिय निर्वाचन आयोगमा भूमिनन्द बराल सचिव र सदस्यमा प्रा।डा अत्यन्द्र दाहाल सदस्य, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको बताए । राष्टिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक परियारका अनुसार केन्द्रिय सदस्य र सांसदहरुका लागि लेवी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *