हिमालय एयरलाइन्स आईओएसएमा दर्ता

सेयर गर्नुहोस्

२५ पौष,काठमाडौं । हिमालय एयरलाइन्सका आईओएसएमा दर्ता भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले हिमालय एयरलाइन्स आईओएसएमा दर्ता हुनु नेपालको हवाई क्षेत्रको लागि खुशीको कुरा भएको बताउदै २८ डिसेम्बर २०२३ मा इन्टरनेशनल एयर ट्रान्सपोर्ट एशोसिएशन ९आईएटीए० द्वारा ३ मार्च २०२५ सम्म मान्य हुनेगरी आईओएसए प्रमाणीकरण भएको उपाध्यक्ष श्रेष्ठले बताए ।

उनले एयरलाइन्सले नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमीका यस सफलतलाई लिएको बताए । हिमालय एयरलाइन्सका लागि आईओएसए प्रमाणीकरणले हिमालय एयरलाइन्सले यात्रुहरूलाई सुरक्षित र भरपर्दो यात्राको अनुभव प्रदान गर्दै उच्च सुरक्षा मापदण्ड र उत्तम अभ्यासहरू पालना गरेको पुष्टि गरेको समेत बताए । कम्पनीकाअनुसार आईओएसएको परीक्षणबाट वायुसेवाको दक्षता, जोखिम व्यवस्थापन र समग्र कार्यसम्पादन सुधार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *