सभामुखको प्रमुख आतिथ्यतामा काठमाडौं जेसिसको ५४औँ पदस्थापना तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

सेयर गर्नुहोस्

२१ पौष,काठमाडौं । काठमाडौं जेसिसको ५४औँ पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। आइतबार काठमाडौंको चन्डोलस्थित कुन्डलिनी बेंक्वेट करिब पाँच सय युवाहरुको सहभागितमा कार्यक्रम सम्पन्न भएको हो । १६ मंसिरमा सम्पन्न साधारणसभाबाट निर्वाचित अध्यक्ष एन्जिला खड्का लगायतका सम्पुर्ण पदाधिकारीहरुको टिमको पदस्थापना तथा पुरस्कार वितरण समारोहमा प्रमुख अथिति सभामुख देवराज घिमेरे र विशिष्ट अथिति परराष्ट्रमन्त्री एनपी साउद उपस्थित भएका थिए। जेसिसको करिब ५४ बर्षको इतिहासमा दोस्रो युवा महिला नेतृत्वको रुपमा एन्जिलाको समुह निर्बाचित भएसंगै युवा पलायनको डरलाग्दो स्थितिलाई रोक्न स्वदेशमै उद्यमशीलता र युवामैत्री वातावरणमा जोड दिनको लागी विशेष पहल गर्ने नवनिर्वाचित अध्यक्ष खड्काले बताइन्।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि परराष्ट्रमन्त्री साउदले आफ्नो स्थापना कालदेखि नै जेसिसले युवाको व्यक्तित्व र नेतृत्व विकासमा महत्वपूर्ण योगदान दिएको बताए। त्यस्तै कार्यक्रमका प्रमुख अतिथि सभामुख देवराज घिमिरेले ५४ वर्षको जेसीजको इतिहासमा दोस्रो युवा महिला नेतृत्वका रूपमा निर्वाचित खड्कालाई बधाई तथा शुभकामना दिँदै हरेक तहमा युवा महिलाहरू नेतृत्वको रूपमा स्थापित गरेर जानुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा विगत लामो समयदेखि अनाथ र मानसिक अवस्था कमजोर भएका व्यक्तिहरूको उद्धारमा महत्वपूर्ण योगदान पुर्याएबापत नेपाल स्नेही काख फाउन्डेसनलाई सम्मान गरिएको थियो भने विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गरेका युवाहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा आफ्नो मन्तब्य राख्दै अध्यक्ष खड्काले युवाहरूको रचनात्मकता र सृजनशीलतालाई विकास गर्न बहुआयामिक पहलकदमीको आवश्यकतालाई औंल्याउँदै राज्य र युवाहरूबीचको प्रभावकारी समन्वय र सहकार्यको आवश्यकता रहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *