भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति छैनः प्रधानमन्त्री

सेयर गर्नुहोस्

२५ पौष,काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भारतसँग भएका सम्झौता खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भारत सरकारसँग भएको सम्झौतको डकुमेण्टहरु समिति वा सदनमा खुला राख्न सरकारलाई कुनै आपत्ति नरहेको जिकिर समेत गरे ।

उनले भारतीय दुतावासले सिधै २० करोड खर्च गर्न पाउने प्रकृतिका सम्झौता भारतसँग मात्रै नभइ अन्य देशहरुसँग पनि हुँदै आएको दाबी गर्दै । उनले भारतसँगको यो सम्झौता संघीय सरकारको हात माथि पर्नेगरी गरेको दाबी गरे । उनले भारतीय दुतावासले यसअघि पनि सिधा ५ करोड खर्च गर्ने गरेको भन्दै अंक बढाउनेकुराले देशमा कुनै अर्थ नराख्ने बताए । प्रधानमन्त्री दाहालले भारतसँग २० करोड रुपैयाँ सिधै खर्च गर्न पाउने भएको सम्झौता २५ दिनअघि नै मन्त्रीपरिषद्बाट निर्णय भइसकेको विषय रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *