गौशाला–२६ को पहिचान खुलाउनेलाई खोज्दै साइबर ब्युरो

सेयर गर्नुहोस्

२७ पौष, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको कसुरमा दोषी ठहर भएपछि केही दिनदेखी यता पीडितको भन्दै तस्बिरहरू सार्वजनिक भएपछि गौशाला–२६ ले साइबर ब्युरोमा गएर उजुरी दिएकी थिईन् । उनले साइबर ब्युरोमा उजुरी दिएपछी यतिबेला साइबर ब्युरोले खोजी कार्य सुरु गरको छ । ब्युरोका एक अधिकारीका अनुसार गौशाला–२६ का तस्बिर सार्वजनिक गर्नेहरूको खोजी सुरु भएको छ ।

‘विद्युतीय माध्यमबाट ती तस्बिरहरू सार्वजनिक गराइएकाले ब्युरोले यो विषयलाई नोटिसमा लिएको हो’, ती अधिकारीले भने अनुसन्धान भइरहेको छ ।  जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बुधवार ८ वर्ष वर्ष जेल सजाय र ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउने आदेश गरेको थियो ।  त्यसपछि लामिछानेका समर्थकहरूले पीडित गौशाला २६ भन्दै विभिन्न तस्बिर र व्यक्तिगत विवरणहरू सार्वजनिक गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *