हाम्रो पार्टीमा नयाँ आशा र उत्साह मात्र छ : अध्यक्ष नेपाल

सेयर गर्नुहोस्

२७ पुष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टीका नेता कार्यकर्तामा निराशा नभए पार्टीमा नयाँ आशा र उत्साह भएको बताएका छन् । नेकपा एसनिकट भूपू सैनिक तथा प्रहरीको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टी निर्माणको क्रममा आफूहरू लागिरहेको बताए । उनले पार्टीको विधान बनाउनको लागि तल्लो तहबाट सुझाव लिन लागेको बताए । पार्टीलाई तल्लो तहसम्म जनतासँग जोड्न लाग्नुपर्नेमा जोड दिँदै नेपालले भने, ‘हाम्रो मित्र र शत्रु को हुन् भन्ने छुट्याउन सक्नुपर्छ । आज प्रतिगामी शक्तिहरू टाउको उठाइरहेका छन् । यो व्यवस्थामाथि धावा बोल्दैछन् तर ती व्यवस्थाको रक्षाका लागि लड्नेहरू कहीँ शत्रु हुन्छन् । उनीहरूविरुद्ध लड्ने हो भने प्रतिगामी शक्तिहरूलाई फाइदा हुन्छ ।’

उनले आफ्नो पार्टी नेकपा एसले आफ्नो ढंगले गति लिइरहेको बताए । निराशा छैन, आशा र उत्साह छ । त्यसैले मैले भन्ने गर्छु फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार, उनले भने, हामीले २०६२÷६३ को आन्दोलन गर्दाखेरी राजतन्त्रलाई फाल्न खोज्दा मान्छे केही निराश थिए फाल्न सकिँदैन भनेर । तर, केही मान्छेहरु फाल्न सकिँन्छ उत्साहित थिए । दुनियाँ बदल्ने उत्साह भएका हामीहरू निरन्तर लागिरहेका थियौं । उनले आफ्नो पार्टीलाई र आफूहरूलाई केहिले सिध्याउन खोजेको आरोप पनि लगाए । ‘हामीलाई सिध्याउन खोजिरहेका छन् गठबन्धनलाई ध्वस्त बनाउन खोज्दैछन् अनि तीनिहरूको षड्यन्त्रलाई सफल बनाउने कुरा क्रान्तिकारी हुन सक्दैन । सजिलो छैन । आफ्नो शक्ति बनाउने हो । शाक्तिको आधारमा संगठन विस्तार गरेर चुनावमा एक्लै लड्ने आँट गर्ने हो । अरुलाई हामीले होइन हामीलाई चाहिँ अरुले माग्ने स्थिति बनाउनुपर्छ, उनले भने ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *