रेशमलाल चौधरीले दिए नाउपाको अध्यक्ष पदका लागि उम्मेदवारी

सेयर गर्नुहोस्

२७ पौष, टीकापुर । नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीका संरक्षक समेत रहेका रेशमलाल चौधरीले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । कैलालीको टीकापुरमा जारी महाधिवेशनमा चौधरीले आगामी नयाँ नेतृत्वका अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेका हुन । हालसम्म अध्यक्ष पदमा संरक्षक चौधरीको मात्र उम्मेदवार परेको छ । बिहीबार राति १० बजेदेखि सुरु भएको बन्दशत्र सकिएलगत्तै निर्वाचन प्रक्रिया सुरु भएको थियो । शुक्रबार नै नयाँ कार्यसमिति चयनका लागि मतदान हुने निर्वाचन निर्वाचन समितिले जानकारी दिए । 

२०७२ भदौ ७ गतेको टीकापुर घटनाका दोषी चौधरीले जेलबाट पार्टी दर्ता गराएका थिए । २०७५ फागुन २२ गते कैलाली जिल्ला अदालतद्वारा चौधरीसहित ११ जनालाई २० वर्ष कैद सजाय फैसला, १२ जनालाई ३ वर्षको कैद तोकेका थिए । घटनामा नेपाल प्रहरीका एसएसपीसहित ७ प्रहरी र १ नाबालकको हत्या भएको थियो । गत गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएपछि चौधरी कारागारबाट रिहा भएका थिए । रिहासँगै उनी राजनीतिमा सक्रिय रहँदै आएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *