६० किलो गाँजासहित उदयपुरबाट दुई जना पक्राउ

सेयर गर्नुहोस्

२७ पौष, उदयपुर । उदयपुरमा ६० किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ताप्ली गाउँपालिका-२ का ३१ वर्षीय अर्जुन मगर र ३० वर्षीय लोकबहादुर राई छन्। उदयपुरका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनहरूलाई शुक्रबार बिहान कटारी नगरपालिका९७ देउलीकुनाबाट पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी रिस्कु कटारीबाट खटिएको प्रहरीले तीन वटा बोरामा उक्त परिमाणको गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा दुबैलाई गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *