डेनमार्कले पायो नयाँ राजा

सेयर गर्नुहोस्

१ माघ, काठमाडौं । डेनमार्कले नयाँ राजा पाएको छ । डेनमार्कमा युवराज फ्रेडरिक नयाँ राजा बनेका हुन्। अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो । फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरिन् । ५२ वर्षसम्म शासन सम्हालेपछि ८३ वर्षीया महारानी मार्गरेट द्वितीयले नयाँ वर्षको सम्बोधनको क्रममा पद त्यागेर युवराज फ्रेडरिकलाई शासन सुम्पिने घोषणा गरेकी थिइन् । डेनमार्कको ८०० वर्ष पुरानो राजतन्त्रको इतिहासमा स्वेच्छाले राजगद्दी त्यागेर उत्तराधिकारीलाई शासन सुम्पिएको यो पहिलो पटक हो । डेनिस सम्राट फ्रेडरिकलाई हेर्न राजदरबार अगाडि हजारौं संख्यामा मानिसहरु भेला भएका थिए । बार्दलीमा उभिएर समर्थकहरुलाई अभिवादन फर्काउँदा फ्रेडरिकका आँखा रसाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *