लुगा सुकाउने क्रममा एक महिला इनारमा खसिन्

सेयर गर्नुहोस्

१ माघ, काठमाडौं । ललितपुरको इमाडोलमा एक महिला लुगा सुकाउने क्रममा इनारमा खसेकी छन् । दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान इनारमा खसेको र उनको उद्धार प्रयास भइरहेको छ ।

आज बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन् । इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी हुन् । ‘उहाँलाई चोटपटक लागेको छ, बोलिरहनु भएको छ, उद्धारको प्रयास भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय ललितपुरका एक अधिकृतले भने । उद्धारका लागि सात दोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *