आजदेखि १२ माघसम्म निर्वाचन आचारसंहिता लागु

सेयर गर्नुहोस्

२ माघ, काठमाडौं । निर्वाचन आयोगले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनका लागी जारी गरेको आचारसंहिता आज देखि लागू हुने भएको छ । आज माघ २ देखि १२ गतेसम्ममा राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका निम्ति लागू हुने गरी आचारसंहिता लागू भएको हो । सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् । आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गरिएको गत आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष÷विपक्षमा हुने गरी प्रयोग गर्न÷गराउन पाइने छैन। निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न÷गराउन नहुने आयोगले जनाएको छ ।  यस्तै, कुनै सरकारी वा अर्धसरकारी निकाय÷सार्वजनिक संस्था वा विश्वविद्यालय÷विद्यालय÷महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न÷गराउन पाइने छैन । राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न÷गराउन नहुने आयोगले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *