‘रु १०’ को बिषयलाई लिएर किन रास्वपा माथी लगातार प्रहार गरिरहेका छन् हर्क साम्पाङ ?

सेयर गर्नुहोस्

२ माघ, काठमाडौं। फेसबुकमा तारनतार स्टाटस लेखेर चर्चामा आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध लगातार प्रहार गरिरहेका छन् । उपमहानगरपालिकाले लगाएको पार्किङ शुल्कको विरोधमा रास्वपाले उक्त निर्णय बिरुद्ध हस्ताक्षर संकलन गर्न थालेपछि उनी आक्रमक भएका हुन् । उनी गत एक हप्तादेखी लगातार रास्वपा बिरुद्ध स्टाटस लेखिरहेका छन् साथै रास्वपाविरुद्ध आएका समाचारसमेत सेयर गरेर बिभिन्न किसिमका टिका टिप्पणीहरु गरीरहेको छन् । हर्कले ‘कहानी १० रुपे’ भन्दै गीतसमेत गाएर रास्वपा बिरुद्ध भिडिओ राखेका छन् ।

ट्राफिक व्यवस्थापनका लागि पार्किङ स्थलहरू निर्धारण नीति तथा कार्यक्रम स्पष्ट नगरी ठेकेदारमार्फत शुल्क सङ्कलन गर्न थालेपछि हर्कमो चौतर्फी आलोचना भइरहेको छ । उपमहानगरपालिकाले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी कात्तिक २४ गते देखि यात्रुवाहक सार्वजनिक सवारी सफारी, ट्याम्पोबाट पार्किङ शुल्क लिन थालेपछी उनको बिरोध भएको हो । त्यसकारण पछिल्लो केही दिनदेखी उनि लगातार रास्वापा बिरुद्ध स्टाटस लेखिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *