न्यायाधीश गिरीकी पत्नी आरती सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा पक्राउ

सेयर गर्नुहोस्

२ माघ, काठमाडौं । न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावललाई सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा प्रहरीले फेरि पक्राउ गरेको छ । मंगलबार सर्वोच्चभित्र प्रवेश गर्न खोज्दा उनी गेटबाटै पक्राउ परेकी हुन् । गएको शुक्रबार गिरीले सर्वोच्च परिसरमै आत्मदाहको प्रयास गरेकी थिइन् । त्यति बेला पनि प्रहरीले उनलाई नियन्त्रणमा लिएर छाडेको थियो । रावलले गिरीमाथि यौनशोषणको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । 

उनीहरूबीचको मुद्दा अदालती प्रक्रियामा छ ।यसअघि पनि उनकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेकी थिइन् । न्यायाधीश गिरीकी श्रीमती आरती गिरी रावलले भने अपराधीलाई कारबाही नगरी न्यायालयको कुर्सीमा राखिरहेको भन्दै तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन भन्दै बिरोध गरेकी हुन् । गिरीमाथि कारबाही प्रक्रिया अघि नबढेको भन्दै पीडित महिलाले गत वर्ष सर्वोच्च अदालत अगाडि कालो कपडा लगाएर कपाल फाल्दै प्रदर्शन गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *