ईपीएस कोरियाको भाषा परीक्षाको मिति सर्‍यो

सेयर गर्नुहोस्

२ माघ,काठमाडौं । जनवरी २० मा हुने भनिएको रोजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । अब ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा सूचना जारी गर्ने गरी सारिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार ‘प्राविधिक समस्याका कारण केही ई(मेलमा समस्या आएकोले केही समय सारीएको हो । अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफई गर्न समय लाग्ने भएकाले समय सारिएको हो । कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् । हालसम्मकै उच्च आवेदन परेकोले तीन चरणमा परीक्षा गर्ने निर्णय भएको थियो । जसअनुसार यही जनवरी २० मा सूचना जारी गरी परीक्षा गराइने भनिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *