नेपाल मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलनमा

सेयर गर्नुहोस्

४ माघ, काठमाडौँ । नेपाल मेडिकल कलेजका विद्यार्थीहरू क्याम्पस प्रशासनले खानेकुरामा ज्यादती गरेको भन्दै धर्नामा बसेका छन्। गोकर्णेश्वर नगरपालिका-८, अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजको एमबीबीएस प्रथम र दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू धर्नामा बसेका हुन्। कलेजमा रहेको क्यान्टिनले खानामा चरम लापरबाही गरेको विषयमा मौखिक सहमति भए पनि कार्यान्वयन नगरेको भन्दै उनीहरू धर्नामा बसिरहेका छन्। विद्यार्थीहरुले वर्षमा क्यान्टिन शुल्कका रुपमा एक वर्षको डेढ लाख रुपैयाँ सुरुमै बुझाउँदै आएको बताएका छन् । उनीहरुले भर्ना हुँदा नै क्यान्टिनको शुल्क बुझाइसकेकाले अब यो वर्षको बाँकी ६ महिना क्यान्टिनमै राम्रो खाना दिने ग्यारेण्टी गर्नुपर्ने र त्यसपछि क्यान्टिनमा कार्ड सिस्टम लागू गर्न माग गरेका छन् ।

कलेज प्रशासनले कलेजभित्रको क्यान्टिनको गुणस्तर सुधारमा ध्यान नदिएको र आफूहरुलाई बाहिर गएर खान समेत नदिएर दादागिरी गरेको आरोप विद्यार्थीहरुले लगाएका छन् । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुले कलेजका अध्यक्ष, प्रबन्ध निर्देशक र प्रिन्सिपललाई यस विषयमा दशैँ अघिदेखि नै जानकारी गराएको भएपनि प्रशासनले यस विषयमा ध्यान नदिएपछि आइतबारबाट आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *