गायक द्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’ सार्वजनिक

सेयर गर्नुहोस्

४ माघ, काठमाडौं । गायक द्वय यम बराल र विश्व नेपालीको स्वरमा रहेको गीत ‘साथी’को भिडियो सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको यस गीतमा किरण के उप्रेतीको शब्द, पुष्कर सुनुवारको एरेन्ज र सङ्गीत, विप्लव अधिकारीको रेकर्ड र मिक्सिङ छ । गीतको भिडियोमा सन्जीत भण्डारी र मेग सुवेदीको अभिनय रहेको छ । भिडियोमा बाल्यकालदेखि वयस्क अवस्थाका साथीको कथालाई प्रस्तुत गरिएको छ । 

स्वदेश होस् या विदेश जो जहाँ भए पनि साथीको मित्रता असल हुन्छ भन्ने सन्देश भिडियोमा छ । कुवेर तामाङको निर्देशन रहेको भिडियोमा मेग सुवेदीको कन्सेप्ट, बुद्ध थापा एन्ड टिमको छायाङ्कन, विवेक सुनारको सम्पादन, श्याम कुँवरको कलर, उत्सव पौडेलको स्किृप्ट, मोहन सुनुवार (नवीन) को सहायक निर्देशन, निर्मल न्यौपानेको प्रोडक्सन डिजाइन छ । सेजल एन्ड सिस्टरको प्रस्तुतिमा निर्माण भएको भिडियो सेजल एन्ड सिस्टर युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

कार्यक्रममा गायक यम बरालले गायक विश्व नेपाली उमेरले भाइ भए पनि सिनियर र जुनियर पनि साथी हुन्छन् भन्ने सन्देश दिन सहकार्य गरेको बताए । गायक बरालले गीतको शब्दले आफूलाई तानेकाले गीतमा सहकार्य गर्न राजी भएको खुलाए । गायक विश्वले यम बरालको गीत सुनेर हुर्किएको आफूले यमलाई गुरु मान्दै सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । केही चलचित्रमा समेत काम गरिसकेका अभिनेता सन्जीत भण्डारीले साथी आम दर्शकका लागि फरक स्वाद हुने बताए । उनले अभिनय गरेको चलचित्रमा चिठ्ठी आगामी जेठमा रिलिज हुँदैछ । भिडियोका मोडल मेगले गीतले आत्मीय साथीको सम्बन्धलाई प्रस्तुत गर्ने भएकाले गीतले आम दर्शकको भावनालाई प्रतिनिधित्व गर्ने बताए । मेगले पहिलो पटक अभिनय गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *