देश वृद्धाश्रम बन्ने खतराबाट मुक्त गर्छौं : उपप्रधानमन्त्री श्रेष्ठ

सेयर गर्नुहोस्

४ माघ, काठमाडौं । नेकपा माओबादी केन्द्रका बरिष्ठ उपाध्यक्ष उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवा विदेश पठाएर देशलाई वृद्धाश्रम बनाउने खतराबाट मुक्त गरेरै छोड्ने बताएका छन् । बिहीवार स्वतन्त्र ऊर्जा उत्पादक संघ ९इप्पान० को २४औं वाषिर्कोत्सवलाई सम्बोधन गर्दै उनले देशलाई कुनै पनि हालतमा अल्पविकसित देशको अध्यक्ष भएकोमा गर्व गर्ने स्थितिमा नराख्ने बताए ।

उनले विदेश गएका युवाहरुलाई स्वदेशमै फर्काउन नयाँ ढंगबाट काम गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले उत्पादन वृद्धि, आयात प्रतिस्थापन र निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्ने दिशामा सरकार अघि बढिरहेको बताए । विकासको प्रक्रियालाई नयाँ र तीव्रतासहित अहिले सरकारले काम गरिरहरेको बताउँदै उनले सुशासन प्रभावकारी बनाउने र इकोनोमी एक्टिभिटी बनाउने काम भइरहेका बताए । उत्पादन, रोजगारी बढाउने र व्यापार घाटा कम गर्ने दिशातिर देशलाई लैजानसके मात्रै युवाहरुलाई स्वदेशमै राख्न सकिने वस्तुगत आधार तयार हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *