मुलुकमा दलहरूबीच सहमति र सहकार्यको आवश्यक छ : नेता सिटौला

सेयर गर्नुहोस्

४ माघ,धनकुटा । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा दलहरूबीच सहमति र सहकार्यको खाँचो रहेको बताएका छन्। संविधान निर्माण भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै नेता सिटौलालाई यसकालागि दलहरूबीच सहमति र सहकार्य आवश्यक रहेको बताए।

धनकुटामा आयोजित कार्यकर्ता भेटघाटमा बोल्दै एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार समेत रहेका नेता सिटौलाले ठुला–ठुला राजनीतिक समस्याहरू सहमति र सहकार्यबाटै समाधान हुन सक्ने बताए। मुलुकमा यति ठुलो राजनीतिक परिवर्तनपछि हामीले ठुलो सङ्घर्ष र लगानी गरेर संविधान निर्माण गरेका छौँ,’ सिटौलाले भने, ‘अब संविधानको पूर्ण कार्यान्वयन नहुँदासम्म दलहरूबिच सहकार्य र एकता आवश्यक हुन्छ। उनले अहिले जनतामा देखिएका कतिपय असन्तुष्टिहरू संविधानको पूर्ण कार्यान्वयनबाट प्राप्त हुन सक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *