भरूवा बन्दुकसहित ६ जना पक्राउ

सेयर गर्नुहोस्

५ माघ, बागलुङ । बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका ८ गाईधुने हुनेहवा सामुदायिक वनको समाखरी भन्ने स्थानबाट १ थान भरूवा बन्दुकसहित ६ जना पक्राउ परेका छन् । नगरपालिका ८ बस्ने बाँके राप्ती सुनारी गाउँपालिका १ घर भएका ३२ वर्षीय बिष्णु कुमाल समेत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

उक्त स्थानमा भरूवा बन्दुक पडकाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी छिस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *