बोक्सी आरोपमा कुटपिट गरी फरार भएका दुईजना १५ वर्षपछि पक्राउ

सेयर गर्नुहोस्

५ माघ, काठमाडौं । बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको आरोपमा १५ वर्षपछि दुईजना पक्राउ परेका छन् । काभ्रे रोशी गाउँपालिका ३ का ४४ वर्षीय टंकबहादुर मगर र सोही गाउँ बस्ने ४२ वर्षीय सन्तबहादुर मगर पक्राउ परेका हुन । रोशी गाउँपालिका ३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिए ।

पक्राउ परेका दुबै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन्न । २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो ।  पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *